काठमाडौं - नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरे नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई आगामी चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।
घिमिरेलाई अध्यक्ष नियुक्त गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो।घिमिरे यसअघि पर्यटन मन्त्रालयको सचिव हुँदा पनि नेपाल वायुसेवा निमगको अध्यक्ष भइसकेका छन्। तर यसपालि भने उनी कार्यकारी अधिकारसहतिको अध्यक्षमा नियुक्त भएका हुन्।
यसअघि निगमको अध्यक्षमा प्रधानमन्त्री केपी ओलीले आफ्नै जिल्ला झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाएका थिए । उनी कार्यकाल नसिकंदै माघ २०७६ मा राजीनामा दिएपछि निगमको कार्यकारी पद खाली थियो।