बिरामी बोक्न अस्वीकार गरेको भन्दै धादिङमा एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काको अनुसार कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई रोक्न जारी लकडाउनको समयमा ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको हो।
सुरक्षा सामग्री नभएको भन्दै बिरामी बोक्न नमानेको स्वास्थ्यचौकीको एम्बुलेन्सले निजी मेडिकलको सामान भने बोकेर हिँडेको गाउँबासीले भेटेपछि एम्बुलेन्स तोडफोड गरिदिएका थिए।
बिहीबार पक्राउ गरिएका अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको छ।