अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को कारण अमेरिकामा भन्दा बढी चीनमा मानिसले ज्यान गुमाएका बताएका छन्।
कोरोना भाइरसको माहामारी झन् झन् बढीरहेको बेला उनले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत कोरोना भाइरसको कारण अमेरिकामा भन्दा चीनमा बढीको मृत्यु भएको बताएका हुन्।
त्यस्तै ट्रम्पले आफू चीनसँग खुशी नरहेको समेत बताएका छन्। ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा ट्रम्पले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतीबारे चीनले समयमै सचेत नगराएको आरोप लगाएका छन्।