महाकालीपारी भारतको धार्चुलास्थित क्वारेन्टाइनमै किरिया बसेका नेपाली स्वदेश फर्किएका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का बासुदेव भट्टलाई ६ दिन पछि नेपाल ल्याइएको हो।
आमा बितेर भारतस्थित क्वारेन्टाइनमै किरिया बसिरहेका उनलाई आइतबार दिउँसो माहाकाली माथिको पुल खोलेर ल्याइएको हो। भट्टलाई र्यापीट टेस्ट गरेपश्चात घर पुर्याइनेछ।
कोरोना भाइरसको संक्रमण रोक्न भारतले लकडाउनको आदेश जारी गरेपछि भट्टसहित सयौंको संख्यामा स्वदेश फर्किन आएका नेपालीहरु महाकाली पारी भारतीय भूमिमा अलपत्र परेका थिए।
सीमापारी भारतीय भूमिमै अलपत्र परेको अवस्थामा घरमा भट्टकी आमाको हृदयघातको कारण मृत्यु भएको थियो।