काठमाडौं - नेपालले अन्तर्रा्ष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र लकडाउनका कारण नेपालमै फसेका १ सय १० जना रुसी नागरिक बोकेर रोयल फ्लाइट मस्को उडेको छ।
जहाज काठमाडौंबाट १२ः४० मा मस्कोका लागि उडेको हो। रुसबाट आएको रोयल फ्लाइट एयरलाइन्सको जहाज साढे १० बजे काठमाडौं अवतरण गरेको थियो।
नेपालबाट युरोप र अमेरिकाका धेरै मुलुकले आफ्नो नागरिक फिर्ता लगिसकेका छन्। लकडाउनयता नेपालबाट ४ हजारभन्दा बढी विदेशी चार्टर्ड उडानबाट आफ्नो मुलुक फिर्ता भइसकेका छन्।