काठमाडौं - सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या कटौती गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
बैठकमा ती विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गरेर लकडाउनसम्बन्धि सुरक्षामा खटाइने निर्णय भएको हो।
यस्तै बैठकले दल बदलसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ।