बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव पक्राउ परेका छन्। राहत बाढ्नका लागि कुहिएको दाल वडाध्यक्षहरुलाई विक्रि गरेको पाईएपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए।
मेयर रायले कलैयामा सञ्चालन गर्दै आएको चिस्यान केन्द्रबाट कुहिएको दाल बिक्रि गरेको पाइएपछि यसअघि ८ जना पक्राउ परिसकेका थिए। यो चिस्यान केन्द्र नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा दर्ता छ। मेयर राय उनकै छोरा हुन्।