काठमाडाैं - उदयपुरमा आज मात्रै थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमितको संख्या ४२ पुगेको छ। उदयपुरको मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।
सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको ९ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा कोरोना देखिएको हो।