कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन अझैँ एक साता लम्ब्याउनु पर्ने राय दिएको छ। अब यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनकै कारण कोरोना भाइरस नियन्त्रणमा आएको निष्कर्ष निकालेको थियो।
त्यसलगत्तै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको हाे। त्यसपछि अर्को मोडलमा जान सकिने छ।
समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।