अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा कोरोना भाइरस (कोभिड–१९) को विषयमा गर्ने नियमित पत्रकार सम्मेलन बिचमा नै रोकेका छन्।
बीबीसीको अनुसार ट्रम्पलाई उनको सल्लाहकारले आगामी निर्वाचनमा कोरोनाबारे गरिने दैनिक प्रेस ब्रिफिङले असर पार्नसक्ने राय दिएपछि उनले आफ्नो नियमित पत्रकार सम्मेलन रोक्ने निर्णय लिएका हुन्।
कोरोना भाइरसको नियमित टास्क फोर्सको प्रेस ब्रिफिङमा उनी पत्रकारहरुसँग विवाद गर्दै रिसाउन थालेपछि अमेरिकामा आलोचना हुँदै आएको थियो।
त्यस्तै ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा प्रेस ब्रिफिङको कुनै अर्थ नरहेको भन्दै आक्रोस व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘यो प्रेस ब्रिफिङको कुनै मतलब नै भएन जब कि पत्रकारहरु बिरोधी प्रश्नमात्र सोध्छन्। उनाीहरुले सत्य तथ्यलाई छोडेर अप्हाव फैलाउने काम गर्छन् भने यो पत्रकार सम्मेलनमा लगाएको समय र प्रयास सब बेकार छ।’