फेसबुक म्यासेन्जरमा भएको भिडियो कल सेवामा एउटा नयाँ र फरक विषेशता थपिने भएको छ। अब म्यासेन्जरमा एकै पटक ५० जना भन्दा बढीले भिडियो च्याट गर्न सक्ने छन्।
“म्यासेन्जर रुम” नाम दिइएको यो सेवामा सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु पनि गर्न सकिने छ।म्यासेन्जर रुममा असिमित समयसम्म कुराकानी गर्न सकिने छ यसको लागि कुनै समयसिमा तोकिएको छैन।
सामुहिक भिडियो कल गर्नको लागि फेसबुकमा ग्रुप बनाए जस्तै म्यासेन्जर रुम बनाएर कुनै पनि व्यक्तिलाई कुराकानीका लागि निमन्त्रणा गर्न सकिन्छ। फेसबुक आइडी नभएको व्यक्तिलाई पनि निमन्त्रणा गर्न सकिने व्यवस्था रहेको छ।
म्यासेन्जर रुम क्रियट गर्ने एवम् भिडियो कुराकानीमा नियमन्त्रणा गर्ने व्यक्तिले को को भिडियो कलमा सहभागी भएका छन् भन्ने थाहा पाउनेछन् र चाहेको खण्डमा जो कोहीलार्ई पनि हटाउन मिल्ने गराइएको छ।
फेसबुकको यो नयाँ सेवा “म्यासेन्जर रुम” यही साता केही देशमा प्रयोग गर्न सकिनेगरी खुल्ला गरिने र अन्य देशका लागि विस्तारै खुल्ला गर्ने तयारी गरिएको फेसबुकले जनाएको छ।