पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन्।
पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको भन्दै डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका जनता समाजवादी पार्टीका नेताहरु आइतबार उजुरी दिन परिसर पुगेका हुन्।
जनता समाजवादी पार्टीले सरकारी शक्तिकाे आडमा आफ्ना सांसद यादवलाइ गत बुधबार महोत्तरीस्थित घरबाटै अपहरण गरि काठमाडौं ल्याइएकाे आराेप लगाउँदै आएकाे छ भने आराेपीतहरुले सांसद आफ्नै खुसीले काठमाडाैं आएकाे दावी गर्दै आएका छन् ।