काठमाडाैं - झापामा आइतबार थप एक जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। याे सँगै संक्रमितको संख्या ५२ पुगेकाे छ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा झापाका ५० पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी अस्पतालको सम्पर्कमा रहेका छन्।
यसअघि आइतबार नै पर्साको वीरगन्जका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। हालसम्म १६ जना भने निको भइसकेका छन्।