काठमाडौं – सरकारले लकडाउनकाे अवधि बैशाख २५ गतेसम्म लम्ब्याएकाे छ।
मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हाे।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि देशब्यापी लकडाउन सुरु गरेको सरकारले चाैथाे पटक लकडाउनकाे अवधि थप गरेकाे हाे।
कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । समितिकाे निश्कर्षका आधारमा कार्यदलले लकडाउनकाे अवधि एक साता लम्ब्याउन सिफारिस गरेको थियो।