सरकारले अन्तराष्ट्रिय सिमा नाकामा हुने आवागमनमा बैसाखकाे अन्त्यसम्म राेक लगाएकाे छ ।
मन्त्रिपरिषदकाे आइतबार बसेकाे बैठकले सिमा नाकाकाे आवागमनमा लगाइएकाे राेक बैसाख ३१ गतेसम्म थपेकाे हाे । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदहरुसँगकाे छलफलमा सिमा नाकाकाे आवागमनमा गरिएकाे कडाइ थप गर्ने बताएका थिए ।
सरकारले बाह्य क्षेत्रबाट मुलुकमा संक्रमण नफैलियाेस् भनेर नाकामा हुने आवागमनमा लगाइएकाे राेकलाइ निरन्तरता दिएकाे हाे । चैत १० गतेबाट सिमा नाकामा सरकारले राेक लगाउँदै आएकाे छ ।
हवाइ उडान भने सरकारले यसअघि नै जेठ २ गतेसम्मका लागि स्थगित गरिसकेकाे छ ।