सरकारले इपिएस अन्तर्गत दक्षिण कोरिया जाने कामदारका लागि बाटो खोलीदिएको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले लकडाउनकै समयमा पनि भिसा आइसकेका कामदार पठाउने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै भिसा आएर पनि दक्षिण कोरिया जान नपाएका कामदारहरुका लागि बाटो खुलेको छ ।
अब उनीहरु लकडाउनकै समयमा पनि रोजगारका लागि दक्षिण कोरिया जान पाउने भएका छन् । कोरोना महामारीको त्रासका कारण सरकारले २ महिना भन्दा लामो समयदेखि भिसा आएका कामदारहरुलाई पनि कोरिया जान रोक लगाएको थियो ।
भिसा आएर पनि लामो समयसम्म जान नपाएका कारण उनीहरुको भिसा नै रद्द हुने स्थिति आएपछि सरकारले दक्षिण कोरियासँग छलफल गरी जाने दिने सहमती गरेको हो ।