ललतिपुर – दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।
गाउँपालिका वडा नं १ कटुनबेंसीस्थित वाग्मती नदीमा सोही गाउँपालिका –१ निवासी ४८ वर्षीय कालीबहादुर थिङ मृत अवस्थामा फेला परेका हुन् ।
मकवानपुरबाट घर फर्कने क्रममा उक्त खोला तर्दा बगाई उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।
उनले भने, “ हामीले हिजो बेलुका थिङको शव ल्याई आज बिहान पाटन अस्पताल पोष्टमार्टमका लागि लगेका छौँ ।” रासस