भरतपुरमा रहेको कोरोना विशेष अस्पतालमा अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले मंगलबार छापा मारेको छ । कर्मचारीहरुले नै त्यहाँका सामग्रि चोरी गरेको सिसि टीभी फुटेज सार्वजनिक भएपछि अख्तियारको हेटौंडाबाट गएको टोलीले अस्पतालमा छापा मारेको हो ।
अस्पतालमा रहेका सामग्रिहरु चाेरी भएकाे सिसि टीभी फुटेज संचारमाध्यममार्फत सार्वजनिक भएकाे थियाे ।
कोरोना विशेष अस्पताल संचालनका लागि भन्दै प्रदेश सरकारले एक करोड रुपैंया प्रदान गरेको थियो । उक्त रकममा अनियमितता भएकाे समेत आशंकामा अख्तियारले छापा मारेकाे हाे ।