बुधबार थप तीनजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ देखिएको हो।
संक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्षिय पुरुष, सिम्रौनगढका ३१ वर्षिय पुरुष र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षिय पुरुष रहेका छन्। उनहरु तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए। संक्रमित मध्ये हालसम्म १६ जना भने निको भएर घर फर्किसकेका छन्।