बलिउड अभिनेता इरफान खानको ५४ बर्षको उमेरमा निधन भएको छ। उनको मुम्बईको कोकिलाबेन धिरुबाइ अम्बानी अस्पतालमा उपचारको क्रममा आज (बुधबार) मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार नै आइसियुमा भर्ना गरिएको थियो। खानमा प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको जानकारी दिएका थिए।
गत बर्ष मात्रै उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो। उनको अवस्था गम्भिर भएको कारण लन्डनमा लामो समय उपचार गराई मुम्बई फर्किएका थिए। मुम्बई फर्किएपछि उनी कोकिलाबेनका अस्पतालका डाक्टरहरुको निगरानीमा थिए।
अभिनेता खानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, तलभार, अग्रेजी मिडियमलगायत फिल्ममा अभिनय गरेका छन्। ‘