कपिलवस्तु - एक महिनामा कपिलवस्तुमा जबर्जस्तीकरणीका सात घटनामा उजूरी दिइएको छ। कोरोना भाइरस(कोभिड –१९) संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ।
घटनाका पीडितमा १० किशोरी र एक महिला छन्। किशोरीहरु आफन्त र चिनजान भएका व्यक्तिबाटै पीडित भएका छन्। घटना आफन्त र छरछिमेकबाट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
जबर्जस्ती करणीका सात मुद्दा दर्ता भई अदालतबाट म्याद थपिएको प्रनाउ मल्लले जानकारी दिए। जिल्लामा चालु आर्थिक वर्षको अहिलेसम्म जबर्जस्ती करणीका २६ मुद्दा दर्ता भएको छ।रासस