चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा नै सिमित रहने भएको छ। केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा नै सिमित रहने भएको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो। तर विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर २.२७ मा नै खुम्चिने भएको विभागको प्रक्षपण रहेको छ।
गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो भने आर्थिक वर्ष २०७४/७५ मा ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ।
हाल कोरोना भाइरसको रोकथामको लागि चालिएको कदमहरुले अर्थतन्त्रलाई नराम्रो असर पर्ने तथ्याङ्क विगभाले बताएको छ। त्यस्तै यसको असर कहिलेसम्म रहन्छ भन्ने अनुमान गर्न नसकिने पनि बताएको छ।