विराटनगर - प्रदेश नम्बर १ सरकारद्वारा सञ्चालित विराटनगर–१० स्थित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि सामाजिक विकास मन्त्रालयले विभिन्न साँझेदार संस्थासँगको छलफललाई तीव्रता दिएको छ।
प्रदेशमा कार्यरत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिसँग बुधबार मन्त्रालयमा छलफल गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले उपचार केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागि सहयोग गर्न सबैमा अपिल गरेका हुन्।
केन्द्रलाई सहयोग गर्न इच्छुक संस्थाले आगामी वैशाख १९ गतेभित्र सहयोगको विवरण उपलब्ध गराउन र विगतमा गरिएको सहयोगका लागि मन्त्रालयले धन्यवाद दिएको छ। केन्द्रका लागि विभिन्न गैरसरकारी संस्थाले आइसियु श्यया, स्वास्थ्य सामग्री, स्वास्थ्य उपकरण सहयोग उपलब्ध गराइएको थियो । रासस