कोरोना भाइरस (कोभिड १९) को सामना र सहकार्य बारेमा नेकपाका नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसहित उपप्रधानमन्त्री र मुख्यमन्त्रीहरुले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रा्ष्ट्रिय विभाग प्रमुखसँग छलफल गरेका छन्।
नेता नेपालसहित उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेल, सात बटै प्रदेशका पार्टी इन्चार्ज (पृथ्वी सुब्बा बाहेक) र डाक्टरहरूले बुधवार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित तीन घण्टा लामो भिडियो कन्फेरेन्स गरेको नेता नेपालको सामाजिक संजाल फेसबुक पेजमा जानकारी दिइएको छ।
त्यसक्रममा ताओले कारोना नियन्त्रणका लगि चिनमा अपनाइएका प्रविधिबारे बताएको नेपालका स्वकिय सचिव मोहन गौतमले जानकारी दिए।