काठमाडाैं - स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक शुलभ अग्रवाल बिहीबार २५ लाख ५० हजार रुपैयाँ बुझाएर छुटेलगत्तै पुन: पक्राउ परेका छन्।
सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान गर्नको लागि विभागले आदेश दिएपछि उनलाई पुनः पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले बताएका छन्।
कोरोना महामारीका बेला कालोबजारी गरेको आरोपमा २५ दिनअघि पक्राउ परेका अग्रवाललाई बिहीबार काठमाडौं जिल्ला अदालतले साढे २५ लाख रुपैयाँ धरौटी बुझाएमा रिहा गर्न आदेश दिएको थियो।
कालोबजारीबाटै अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने भन्दै सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान सुरु गर्ने भएको हो।