चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा आगामी मंगलबारदेखि दादुरा रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको छ। सो नगरपालिकाका चारबालबालिकामा दादुरा सङ्क्रमण देखिएपछि खोप शुरु गर्न लागिएको हो।
स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा खोप सञ्चालन गर्न लागिएको हो। ती वडामा रहेका नौ महिनादेखि १५ वर्ष उमेर समूहकालाई खोप लगाइने छ। ती वडामा रहेका करिब सात हजारलाई खोप लगाइने छ। स्वास्थ्य मन्त्रालयकोे निर्दे्शिका अनुसार सामाजिक दूरी कायम गरी खोप लगाइने छ।
नगरपालिका प्रमुख प्रभा बरालका अनुसार धादिङमा दादुराको सङ्क्रमण देखिएसँगै सिमाना जोडिएका वडामा रहेका बालबालिकादेखि युवासम्मलाई दादुराको सङ्क्रमण देखिएको हो। रासस