सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन वैशाख २६ गते करिब ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
सरकारले जेठ १४ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। बजेटअघि सरकारले सांसदको नीति तथा कार्यक्रम ल्याउनुपर्छ।