प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमानामा अझै कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा भारतमा लकडाउन लम्बिँदै गर्दा अलपत्र परेका नेपालीहरुको विषयमा छलफल हुँदा सीमामा कडाई र लकडाउन नै उपयुक्त उपाय रहेको भन्दै उनले यस्तो निर्णय लिएका हुन्।
सरकारले चैत ११ गते देशव्यापी लकडाउन गरेको छ। पछिल्लो समय थपिएको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ। अब भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने बैठकको निश्कर्ष रहेको स्रोतले जनाएको छ।