काठमाडाैं- नेपालमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। याे सँगै संक्रमितकाे संख्या ८२ पुगेकाे छ।
आज भेरि अस्पताल नेपालगञ्जकाे प्रयाेगशालमा भएकाे परिक्षणमा थप ७ जनामा काेराेना संक्रमण भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
मंगलबार संक्रमण पुष्टि हुनेमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९ वर्षकी बालिका ३२, ३४ र ५५ वर्षीया महिला रहेको जनाइएको छ ।
मन्त्रालयका अनुसार अहिले उनिहरूकाे अवस्था सामान्य रहेकाे जनाएकाे छ। योसँगै नेपालगञ्जमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ ।