नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन्। चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा र्भयाङबाट लडेपछि पुरानो मेडिकल कलेजमा भर्ना भएका उनी अस्पतालबाटै पक्राउ परेका हुन्।
विप्लव समूहको प्रकाशन विभाग प्रमुख रहेका शर्मा अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन्। सादा पोशाकमा आएका ५ जना प्रहरी उनीसँग रहेको पारिवारिक स्रोतले जनाएको छ।