जनता समाजवादी पार्टीका नेता राजेन्द्र महताेले सरकार कोरोना भाइरसको महामारीसँग जनता लडिँरहेको बेला भष्ट्राचार गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार(आज) बाट शुरु भएको संसदको बजेट अधिवेशनमा उनले कोरोना संकटमा रहेका जनतालाई बचाउँन छोडेर पार्टी फुटाउने र जोड्ने, अत्याधेश ल्याउने काम गरेको आरोप लगाएका हुन्।
यो दुई तिहाईको सरकारले दुई कौडीको काम गर्न नसकेको बताउदैँ उनले सरकार कोरोनाको बारेमा नसोचेर यो बेला सांसद अपहरण गराउने काममा लागेको आरोप लगाएका छन्। उनले सरकारले अपहरणकारीलाई कारवाही गर्न निवेदन दिदाँ नलिएर हुकुमी शासन लागू गरेको बताए। 'यहि धन्दा गर्ने हो', महतोले भने, 'कुर्सी जोगाउने, कुर्सी पाउने यहि धन्दामा लाग्यो।
त्यस्तै उनले काेराेना परिक्षण कछुवाको गतीमा भइरहेको भन्दै व्यापक रुपमा जाँच गराउन सरकारसँग आग्रह गरेका छन्।