काठमाडाैं- देशब्यापी लकडाउनको यो डेढ महिनाको अवधिमा यतिबेला काठमाडौं मनमोहक बनेको छ । काठमाडौंका सडकहरु पार्क जस्ता देखिन थालेका छन् । यो कुनै शिखर सम्मेलन वा विदेशी पाहुनाको स्वागतका लागि रातारात गरिएको तयारी भने होइन । सरकारी संयन्त्रले करोडौं खर्चेर सडकमा रोपेका रेडिमेड फूलहरु ‘इन्फाचुएसन’ मात्र थिए । तर अहिले काठमाडौं प्राकृतिकरुपमै प्रेमिल बनेको छ । काठमाडौंको घण्टाघर, दरबारमार्ग, भद्रकाली, सिंहदरबार लगायतका सडक किनारमा फूलेका रंगीचंगी फूलहरुले काठमाडौं रोमान्टिक बनेको छ । शहरको सुन्दरता सडकको अवस्था र किनारमा फूल्ने फूलहरुमा कति निर्भर हुँदोरहेछ भन्ने कुरा थाहा पाउन अब युरोप वा अमेरिकी सडक हेरिरहनु पर्दैन । यतीबेला हाम्रा सडकहरु पनि चिल्ला र सफा देखिन थालेका छन् । शहर सुन्दर बनेको छ ।
यो सुन्दरता यी तस्विरहरुमा हेरौं ।