काठमाडौं – बैदेशिक रोजगारीका लागि लाखौं नेपालीहरु खाडी मुलुकमा रहेका छन्। त्यहाँ संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन्। हालसम्म खाडी मुलुकमा ५४१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने ९६ हजार ७४९ जना संक्रमित भएका छन्।
खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा हालसम्म सबैभन्दा धेरै २ सय ४६ जनाको मृत्यु भएको छ भने ३९ हजार ४८ जना संक्रमित भएका छन्। यस्तै यूएईमा १ सय ९८ जनाको मृत्यु भएको छ भने १८ हजार १९८ जना संक्रमित भएका छन्। कोरोना भाइरसको कारण कुवेतमा ५८ जनाको मृत्यु भएको छ भने ८ हजार ६ सय ८८ जना संक्रमित भएका छन्।
यस्तै ओमानमा १७ जनाको मृत्यु भएको छ भने ३ हजार ३९९ जना संक्रमित भएका छन्। कोरोना भाइरसको संक्रमणले कतारमा १४ जनाको मृत्यु भएको छ भने २२ हजार ५२० जना संक्रमित भएका छन्।
कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ। त्यहाँ ४ हजार ९४१ जना संक्रमित भएका छन्।