काठमाडाैं - विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यो सँगै डिस्चार्ज हुनेको संख्य ३३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २४ घण्टाको अन्तरमा गरिएको परीक्षण २ वटा परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको बताए। मन्त्रालयका अनुसार भोजपुरका २६ वर्षिय पुरुष १८ औं दिन र झापाका ४८ वर्षिय पुरुष १५ दिनमा डिस्चार्ज भएका हुन्।
त्यस्तै मन्त्रालयकाे तथ्याङ्क अनुसार कोरोना भाइरसको आशंकामा हालसम्म पिसिआरबाट १७ हजार ८ सय ९ जनाको परीक्षण गरिएको छ भने आरडिटी विधिबाट ५८ हजार ५ सय ४६ जनाको परीक्षण भएको छ। हाल देशभर १२ हजार ७ सय १ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा भने कुल १ सय ५३ जना रहेका छन्।
यस्तै अाज कपिलवस्तुका १० जना पुरुष (उमेर समूह १८ देखि ३४) र सप्तरीका एक युवामा संक्रमण पुष्टि भएपछि नेपालमा हालसम्म संक्रमितको संख्या १ सय २१ पुगेको छ। हालसम्म पु्ष्टि भएका संक्रमितमध्ये ८९ जना पुरुष र ३२ महिला छन्।