एजेन्सी- चिनियाँ टप स्मार्टफोन कम्पनी भीभोले आफ्नो बहुप्रतिक्षित भी सीरीज अन्तर्गतकाे नयाँ स्मार्टफोन लन्च गरेको छ। कम्पनीले भीभो भी १९ (Vivo V19) नाम दिइएकाे नयाँ स्मार्टफाेन शुक्रबार भारतमा लन्च गरेको हो।
कम्पनीले याे स्मार्टफोन खास गरी फोटोग्राफी लभर्सलाई ध्यानमा राखि सुपर नाइट मोड र अल्ट्रा स्टेबल भिडियो सपोर्टिभ ६ वटा क्यामरा सेटअपकाे साथमा लन्च गरेको छ। यसमा क्वाड रियर क्यामरा सेटअप रहेकाे छ, जसमध्ये ४८ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेल वाइड-एंगल लेन्स, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको बोकेह इफेक्ट लेन्स समावेश छ।
यस बाहेक भीभो भी १९ मा सेल्फीका लागि फ्रन्टमा ड्यूअल क्यामरा सेटअप रहेकाे छ। जसमा ३२ मेगापिक्सेलको प्राइमरी क्यामरा र ८ मेगापिक्सेलको वाइड एंगल क्यामरा रहेकाे छ।
यसका साथै भीभो भी १९ मा १०८०x२४०० पिक्सेल रिजोलुशन रहेको ६.४४ इन्च फुल एचडी प्लस सुपर एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ। यसकाे डिस्प्लेमा कलरफुल तथा लो ब्राइटनेस एन्टि-फ्लिकर टेक्नोलोजी जस्ता फिचरहरू पाइन्छ।एन्ड्रोइड १० मा आधारित याे स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ७१२ अक्टाकोर चिपसेट दिईएको छ र याे फोन अन्डर स्क्रीन फिंगरप्रिन्ट सेन्सरसहित आएको छ।
भीभो भी १९, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज गरि दुइ भेरिएन्ट विकल्पमा उपलब्ध रहेकाे जनाएकाे छ। याे स्मार्टफोनमा ४५०० एमएएच (4500 mAh) काे ब्याट्री राखिएको छ। ३३ वाट (33W) काे फास्ट चार्जिङ सिस्टमका साथ आएकाे याे स्मार्टफोन ४० मिनेटमा ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीकाे दाबी छ।
याे बाहेक भीभो भी १९ मा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट, ब्लूटूथ भर्सन ५.०, वाई-फाई, जीपिएस/ ए-जीपिएस, ओटीजी जस्ता फिचरहरू समावेश गरिएकाे छ। यसलाई Piano Black,र Mystic silver गरि २ वटा कलर भेरिएन्टमा उपलब्ध गराइएकाे छ।
मूल्य
भारतमा लञ्च गरिएकाे यो फोनको बजार मूल्य १२८ जीबी स्टोरेज भेरिएन्टको २७ हजार ९ सय ९० भारतिय रुपैंया निर्धारण गरिएकाे छ, जसकाे नेपाली मूल्य लगभग ४४ हजार ८ सय रुपैंया पर्न आउँछ । यस्तै २५६ जीबी स्टोरेज भेरिएन्टको फाेनकाे मूल्य ३१ हजार ९ सय ९० भारतिय रुपैंया तोकिएको छ, जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा लगभग ५१ हजार २ सय रुपैंया पर्न आउँछ ।