नेपालमा कोरोना महामारीले ब्यापक रुप लिन थालेको छ । शुक्रबार १८ जना नयाँ संक्रमित थपिएका छन् ।
विहान ९ जनामा देखिएको कोरोना भाइरसको संक्रमण साँझ फेरि ९ जनामा पुष्टि भएको थियो । साँझ संक्रमण पुष्टि भएकाहरुमा, विरगञ्जका ९ र १० बर्षिय २ बालकसहित ४ जना, उदयपुर त्रियुगाका १ जना, दाङकाे गढवाका २ जना र तुलसीपुरका १ जना र काठमाडौं सतुंगलका ७ बर्षिय एक बालक छन् ।
काठमाडौं, धरान र नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो । दाङमा संक्रमण देखिएको यो पहिलोपटक हो ।
त्यसअघि शुक्रबार विहान बाँकेका ८ र मकवानपुरका १ गरी ९ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणमा बाँके नैनपुरका ८ जना पुरुष र मकवानपुर जिल्लाका एक जना पुरुषमा संक्रमण देखिएको हो।