एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चीनभन्दा भारतमा बढी रहेको छ। पछिल्लो २४ घण्टामा भारतमा तीन हजार नौ सय ७० नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ८५ हजार नौ सय ४० पुगेको छ।
चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार नौ सय ४१ पुगेको छ। भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक सय तीन जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार सात सय ५२ पुगेको छ।
अहिलेसम्म भारतमा ३० हजार एक सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन्।