जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्न सशस्त्र प्रहरीले झापामा हवाई फायर गरेको छ। झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा पर्ने नेपाल–भारत सीमानाको पिल्लर नम्बर १२५÷१० मा हवाई फायर भएको हो। सिमाबाट करिब १ सय ५० भारतीय नेपाल प्रवेश गर्न खोजेका थिए।
भारतिय नागरिकहरुले सशस्त्र प्रहरीमाथी नै आक्रमण गर्न थालेपछि हवाई फायर खोलेको सशस्त्र प्रहरीले बताएको छ। हवाई फायर भएपछि भारतीय सिमा सुरक्षा बल पनि त्यहा पुगेको थियो। सशस्त्र प्रहरी र भारतीय सिमा सुरक्षा बल मिलेर भारतिय नागरिकहरुलाई रोकेका थिए।