एजेन्सी– खाडीमुलुक बहराइनमा ३ सय ३१ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
मान्मास्थित नेपाली दूतावासले ३३१ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो। हालसम्म बहराइनमा १ जना नेपालीको मृत्यु भएको छ भने संक्रमित भएका कयौं नेपाली निको भएको नेपाली दूतावासले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा अहिलेसम्म ६ हजार ९ सय ५६ जना संक्रमित भएका छन्। जसमध्ये २ हजार ९१० जना कोरोनामुक्त भइसकेका छन् भने १२ जनाको मृत्यु भएको छ।