धनुषा– प्रादेशिक-अस्पताल जनकपुरधामको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। अस्पतालको आइसोलेसन कक्षमा रहेका ४० बर्षिय पुरुष आइतबार बिहान झ्याल फोडेर भागेका हुन्।
अस्पतालका अनुसार संक्रमितको मानसिक स्थिति ठिक थिएन। यसअघि पनि उनले पटक–पटक भाग्ने प्रयास गरेका थिए। शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा पनि फुटाएका थिए।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। उनी भागेपछि अहिले जनकपुर क्षेत्रमा त्रास फैलिएको छ। जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा ४० भन्दा बढी कोरोना संक्रमित उपचारत छन्।
यसअघि वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित भागेका थिए।