कोरोना भाइरसकाे संक्रमणका कारण नेपालमा चाैथाे व्यक्तीकाे मृत्यु भएको छ।
वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका बारा कलैयाका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। गत जेठ ४ गते मृत्यु भएका उनको ८ दिनपछिमात्र कोरोना संक्रमण पुष्टि भएको हो। उनी जेठ २ गते अस्पताल भर्ना भएका थिए।
अस्पताल भर्ना भएका उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि तत्काल भेन्टिलेटरमा राखि उपचार सुरु गरिएको वीरगञ्जको नेसनल मेडिकल कलेजका निर्देषक अविद हुसेन अन्सारीले बताए। कोरोना संक्रमण भएको आशंका भएपछि नारायणी अस्पतालमा उनकाे स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पठाइएको थियो।
‘२४ घण्टामा आउनुपर्ने रिपोर्ट ९ दिनको दिनसम्म आइपुगेको छैन, नारायणी अस्पतालले कोरोना पोजेटिभ देखिएको छ भनेर जानकारी गराएकाे छ, तर रिर्पोट हाम्रो हातमा परिसकेको छैन’ निर्देषक अन्सारीले भने।