काठमाडाैं - नेपालमा साेमबार अपरान्ह थप ७ जनामा कोरोना संक्रमण देखिएकाे छ। याेसंगै साेमबार काेराेना संक्रमण देखिनेहरुकाे संख्या ७९ पुगेकाे छ भने जम्मा संक्रमितको संख्या ६ सय ८२ पुगेकाे छ।
स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।मन्त्रालयका अनुसार संक्रमित मध्ये एक सय १२ जना निकाे भएर घर फर्किएका छन् भने ४ जनाकाे निधन भएकाे छ ।