सरकारले लकडाउन जेठ ३२ गतेसम्म थप गरेको छ। शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई प्रभावकारी बनाउन आवश्यक परेका स्थानहरुमा सेना समेत परिचालन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रालयसम्बद्ध श्रोतकाअनुसार लकडाउनको मोडालिटि भने केहि परिवर्तन हुनेछ भने हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द रहनेछ। मन्त्रिपरिषद् बैठक बस्नुअघि बसेको सुरक्षा परिषद् बैठकको सिफारिसअनुसार यस्तो निर्णय लिइएको हो।