चिनियाँ टप स्मार्टफोन कम्पनी शाओमीकाे नयाँ स्मार्टफोन नेपालमा लन्च भएकाे छ । शाओमी ब्राण्डकाे नेपालका लागी आधिकारीक बिक्रेता 'शाओमी नेपाल'ले 'एमआई टेन' (Mi 10) नाम दिइएकाे नयाँ स्मार्टफाेन शनिबार अनलाइन इभेन्टमार्फत सार्वजनिक गरेको हो । याेसँगै एमआई १०, नेपालमा सार्वजनिक भएकाे फाइभ जी (5G) प्रविधिमा आधारित पहिलो स्मार्टफोन बनेकाे छ ।
प्रिमियम फ्ल्यागसिप स्मार्टफोन अन्तर्गत पर्ने याे नयाँ स्मार्टफाेन कम्पनीकै पहिलो फाइभ जी स्मार्टफोन हाे । याे स्मार्टफोन 'एमआई टेन फाइभ जी' नामले प्रचलित रहेकाे छ ।
डिस्प्ले र पर्फमेन्स
यसमा १०८०×२३४० पिक्सेल रिजोलुशन भएको ६.६७ इन्चको फुल एचडी प्लस (Full HD+) सुपर एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ । रिफ्रेश रेट ९० हर्ज (90Hz) र १८० हर्ज टच स्याम्पिलिंग रहेकाे याे स्मार्टफाेन कर्निंग गोरिल्ला ग्लास ५ प्रोटेक्शनकासहित आएको छ ।
क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसर चीपसेट दिईएको याे स्मार्टफोनले एन्ड्रोइड १० मा आधारित एमआईयूआई ११ (MIUI 11) अपरेटिङ सिस्टममा कम गर्छ । शक्तिशाली क्वालकम स्न्यापड्रेगन चीपसेट भएकै कारण यो स्मार्टफोनले ग्राहकलाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्ने कम्पनीकाे भनाइ छ ।
क्यामेरा
यो स्मार्टफोन फोटोग्राफी तथा भिडियोग्राफीको लागि अत्यन्तै उत्कृष्ठ मानिएको छ । क्यामेरा फोनको रूपमा आफूलाई अब्बल सावित गरिसकेको एमआई १० विशेषतः युवा वर्गमा लोकप्रिय बनेको छ । यसमा क्वाड रियर क्यामरा सेटअप रहेकाे छ, जसमध्ये १०८ मेगापिक्सेलको प्राइमरी सेन्सर, १२३ डिग्री एफओभीसहितकाे १३ मेगापिक्सेल वाइड-एंगल लेन्स, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ लेन्स रहेकाे छ । प्रयोगकर्ताहरूले १०८ एमपी प्राइमरी सेन्सरको साथ नाङ्गो आँखा नदेखिने विवरणहरूको अल्ट्रा-क्लियर शटहरू पनि खिच्न सकिने कम्पनीकाे भनाइ छ । साथै याे फाेनबाट फोनबाट एटके (8K) सम्मको भिडियो रेकर्डिङ गर्न सकिन्छ । यस बाहेक सेल्फी तथा भिडियाे कलिंगका लागि यसकाे फ्रन्टमा २० मेगापिक्सेलको क्यामरा रहेको छ ।
ब्याट्री
याे स्मार्टफोनमा ४,७८० एमएएच (4,780mAh) काे ब्याट्री राखिएको छ । ३० वाट (30W) काे फास्ट चार्जिङ सिस्टमका साथ आएकाे याे स्मार्टफोन वायर्ड (Type C cable) र वायरलेस (Wired and wireless) दुबै तरिकाले चार्ज गर्न सकिन्छ ।
कम्पनीले केहि समय अघि एमआई वायरलेस पावर बैंक (Mi Wireless Power Bank) नाम दिइएकाे नयाँ पावर बैंक भारतमा सार्वजनिक गरेको थियाे । जसबाट कुनै स्मार्टफोनलाई केबलको सहयोगमा चार्ज गर्न सकिन्छ भने त्यहि समयमा अर्को डिभाइसलाई वायरलेस सिस्टमबाट पनि चार्ज गर्न सकिन्छ ।
अन्य फिचर्स
याे बाहेक एमआई १० मा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट, फाइभ जी एसए / एनएसए (SA and NSA), डुअल फाेरजी एलटीई (4G LTE), ब्लूटूथ भर्सन ५.१, वाई-फाई सिक्स्, जीपिएस/ ए-जीपिएस (GPS/ A-GPS), क्युआई वायरलेस चार्जिंग (Qi wireless charging), ८ जीबीकाे LPDDR5 र्याम जस्ता फिचरहरू समावेश गरिएकाे छ । LPDDR 5 काे सहयाेगमा डेटा ऐक्सेस स्पीड ५० प्रतिशत सम्म बढाउन सकिने कम्पनीले जनाएकाे छ ।
मूल्य
एमआई १०, ८ जीबी र्याम+१२८ जीबी स्टोरेज र ८ जीबी र्याम+२५६ जीबी स्टोरेज गरि दुइ भेरिएन्टमा लन्च भएकाे छ । तर नेपालमा भने ८ जीबी र्याम+२५६ जीबी स्टोरेजकाे Twilight grey र Coral Green गरि दुइ कलर भेरिएन्टमा उपलब्ध रहेकाे जनाएकाे छ । यो फोनको बजार मूल्य ८९ हजार ९ सय ९९ रुपैंया निर्धारण गरिएकाे छ । याे स्मार्टफाेन अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज र सस्तो डिलमा छिटै उपलब्ध हुने कम्पनीले जनाएको छ ।