लिम्पीयाधुरा–लिपुलेकमा भारतले बनाएको सडकमा भारतले यातायात सञ्चालन गर्ने तयारी गरेका नेकपाका सांसद बिरोध खतिवडाले बताएका छन्। आइतबार प्रतिनीधी सभाको बैठकमा बोल्दै उनले सरकारले भारतको यो कदम तत्काल रोक्न सुझाव दिए।
‘‘कुटनितीक वार्ता हुँदै जान्छ’’, सांसद खतिवडाले भने, ‘‘तत्काल यातायात सञ्चालनमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउछु।’’ भारतले सडक उद्घाटन गरेर सडक सुचारु गर्न चाहेको भन्दै यसमा सबै पक्षले चासो दिनुपर्ने उनले बताए।
यस्तै सांसद सत्या पहाडीले नयाँ नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिईन। उनले भनिन्, ‘‘सरकारको कदम सह्रानिय छ, अब तत्काल तारबार लगाउने व्यवस्था गर्नुपर्छ।’’