एजेन्सी– माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्नाे वेब पेजमा ट्वीट्स शेड्यूलिङ्ग फिचर थपेको छ । यसअघि ट्वीट्स सेड्युल राख्न ट्वीटरको अर्को वेब एप ट्वीट डेक वा अन्य कुनै थर्ड पार्टी एप्लिकेशन प्रयोग गर्नुपर्ने बाध्यता थियो । तर अब भने ट्वीटरकाे वेब पेजबाट नै आफुले चाहेकाे जुन सुकै बेलाकाे लागि ट्वीट्स सेड्युल राख्न सकिने छ ।
यसको लागि ट्वीटरले ट्वीट कम्पाेज विन्डाेकाे तल्लाे भागमा एक क्यालेन्डर आइकन उपलब्ध गराएको छ । जसमा क्लिक गरेर प्रयाेगकर्ताले ट्वीट कुन मितिकाे कुन समयमा शेयर गर्ने भनेर सुनिश्चित गर्न सक्ने छन् ।
यसका साथै ट्वीटरले ड्राफ्टिङ्ग फिचर पनि लन्च गरेकाे छ । जसको सहयोगमा प्रयाेगकर्ताले आफ्नाे ट्वीटलाई ड्राफ्टमा सुरक्षित राख्न सक्ने छन् । यसकाे लागि प्रयाेगकर्ताले ट्वीट कम्पाेज गरेर कम्पाेज विन्डाेकाे टप लेफ्ट कर्नरमा रहेकाे क्रस बटनमा क्लिक गर्नुपर्ने छ । क्रस बटनमा क्लिक गरे पछि सेभ वा डिलिट गर्ने आप्शन आउने छ । सेभ अप्शनमा क्लिक गरेसँगै तपाइँकाे ट्वीट ड्राफ्टमा सुरक्षित बस्ने छ ।
ड्राफ्टमा सेभ गरिएकाे ट्वीटलाई शेयर गर्नु परेमा प्रयाेगकर्ताले ट्वीट कम्पाेज विन्डाे खाेल्नु पर्ने छ । कम्पाेज विन्डाे खाेलिसके पछि कम्पाेज विन्डाेकाे टप राइट कर्नरमा रहेकाे अनसेन्ट ट्वीट्स (Unsent tweets) मा क्लिक गर्नुपर्ने छ । क्लिक गरेपछि ड्राफ्टस् र सेड्युल्ड अप्शनमा देखिने छ । ड्राफ्टस् अप्शनबाट सेभ गरेकाे ट्वीटलाई अपडेट वा इडिट गरेर शेयर गर्न सकिने छ भने सेड्युल्ड अप्शनबाट सेड्युल राखिएकाे ट्वीटलाई अपडेट वा इडिट गर्न सकिन्छ ।
ट्वीटरको यो नयाँ फिचर संसारभरका सबै प्रयोगकर्ताका लागि उपलब्ध रहेकाे छ । यद्पी कम्पनीले यो सुविधा तत्कालका लागि भने माेबाइल एपमा नभई वेब पेजमा मात्र उपलब्ध गराएको छ । तर परीक्षण पछि भने यो फिचर माेबाइल एपमा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यी नयाँ अपडेटबारे जानकारी कम्पनीले शुक्रबार आफ्नो आधिकारीक ट्वीटर एकाउन्टमार्फत सार्वजनिक गरेको थियाे ।