गोरखा – नेत्र विक्रम चन्द ‘विप्लव’ समूहकी पोलिटव्युरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् ।कैलालीमा पक्राउ परेकी भुजेललाई कैलाली प्रहरीले मङ्गलवार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको हो ।
सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा रहेकाे र आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालतमा पेश गरिएको गोरखाका प्रहरी प्रवक्ता डीएसपी वासुदेव खतिवडाले जानकारी दिए ।
भुजेललाई गत पुस दोस्रो साता सुनसरी प्रहरीले पक्राउ गरेको थियो । भुजेल माओवादी जनयुद्ध कालमा गोरखा जेल ब्रेक गरेपछि चर्चामा आएकी थिइन्।