काठमाडाैं - नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकाेटाका अनुसार बुधबार ७६ वर्षीय वृद्धकाे काेराेना संक्रमणकै कारण ज्यान गएकाे हाे ।
उनी दाेलखाकाे रहेका मन्त्रालयले जनाएकाे छ । गत जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका उनमा १५ गते काेराेना पुष्टि भएकाे थियाे ।
उनलाई जेठ १५ केएमसीबाट थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। आइसीयुमा उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए।
काठमाडौँ मेडिकल कलेजका बिरामी र स्वास्थ्यकर्मी गरी ५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अहिले यस अस्पतालका सबै सेवा बन्द गरिएका छन्।