पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङमा यसकाे पुष्टि गर्दै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको जानकारी दिए।
यस्तै पछिल्लो बिवरणनुसार थप १२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। यससँगै कोरोनाभाइरस संक्रमण निको भएर भएर अस्पतालबाट डिस्चार्ज हुनेका संख्या २ सय ९० पुगेको छ। निकाे हुनेमा २ सय ३४ जना पुरूष र ५६ जना महिला रहेका छन्।
स्वास्थ्य मन्त्रालयकाे तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै दैलेखमा १ सय १३ संक्रमित थपिएका छन् भने भने राैतहटमा ६५ र बाँकेमा ४२ जनामा संक्रमित थपिएका छन्।त्यस्तै माेरङ र पर्साका १/१ जनामा भाइरसकाे संक्रमण भेटिएकाे छ ।यसैगरि झापाका ५ ,सप्तरीका १३, बाराका १२, र ताप्लेजुङ र सुनसरीका १/१ जना, बाग्लुङका १०, कपिलवस्तुका २९, दाङका १५, पर्वतका ४, धनुषा ६, डोटी र सर्लाहीका ३/ ३, जना सिन्धुली र म्याग्दिका १/ १ जना त्यसैगरि स्याङ्जा र मुगुका १/१ जना र खोटाङ र महोत्तरीका ३/३ जना गरी कुल ३३४ कोरोना संक्रमित थपिएकाे मन्त्रालयकाे तथ्याङ्क छ ।
कुल संक्रमित मध्ये २ हजार ४ सय ५० जना पुरूष रहेका छन् भने एक सय ८४ जना महिला रहेका छन्।