नेपालमा कोरोनाभाइरसका कारण मृत्यू हुनेको संख्या १० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले पाल्पाका ४५ वर्षिय पुरुषको मृत्यू भएको जानकारी दिए।
डा. देवकोटाका अनुसार उनको मृत्यू जेठ २० गते नै भएको थियो। भारतबाट ५ दिनअघि नेपाल आएका उनलाई स्थानिय क्वारेन्टिनमा राखिएको थियो। ३ दिनअघि उनको स्वास्थ्य बिग्रिएर स्वाशप्रस्वासमा समस्या देखिएपछि पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो।
उपचारको क्रममा मृत्यू भएपछि उनको स्वाब संकलन गरेर परिक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।